एमालेको ११ औं महाधिवेशन: दोस्रो दिन आज उम्मेद्वारी मनोनयन
काठमाडाैं | मंसिर २९, २०८२
काठमाडौं: नेकपा एमालेको जारी ११ औं महाधिवेशनमा सोमबार बिहान ८ बजेबाट भृकुटी मण्डपमा सुरु हुँदैछ । पार्टीको निर्वाचन आयोगले आइतबार साँझ प्रकाशन गरेको मतदाताको अन्तिम नामावलीमा अहिले बिहान ९ बजेसम्म दाबी विरोधको समय राखिएको छ ।
आयोगका प्रमुख विजय सुब्बाका अनुसार आजै उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरेर भोली मतदान गर्ने तयारी छ । आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार मतदाता नामावलीमा परेको दाबी विरोधको छानविन बिहान १० बजेसम्ममा सकिने । १०ः१५ मा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।
आयोगले बिहान ९ बजेदेखि १२ बजेसम्म नै उम्मेद्वारीको फारम वितरण गर्दैछ । ‘‘मतदाता नामावलीको दाबी विरोधमा छानविन हुँदै गर्छ । उम्मेद्वारीको फारम पनि वितरण गर्दैगर्छौं’’ आयोगका प्रमुख डा.विजय सुब्बा भन्नुहुन्छ, ‘‘उम्मेद्वारी दर्ता बिहान १०ः३० देखि दिउँसो १ः३० बजेसम्ममा सकिनेछ ।’’
उम्मेद्वारको प्रारम्भिक नामावली प्रकाशन दिउसो २ः३० बजे हुनेछ । उम्मेद्वारविरुद्ध उजुरी दिने समय २ः३० देखि आधा घण्टालाई राखिएको छ । उम्मेद्वारविरुद्धको छानविन १० मिनेटमै सक्ने आयोगले जनाएको छ । उम्मेद्वारको अन्तिम नामावली प्रकाशन साँझ ६ बजे गरिने आयोगले जारी गरेको निर्वाचन कार्यतालिकामा उल्लेख छ ।
हिजोदेखि सुरु भएको महाधिवेशनमा २२६३ जना प्रतिनिधि छन् ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

